पोखरा । कोरोना संक्रमणपछि उपचाररत केवल टेलिभिजन प्रदायक संस्था मेगा म्याक्स टिभी प्रालिका संचालक सुशिलकुमार लामाको ५६ वर्षको उमेरमा निधन भएको छ ।
कोरोना देखिएपछि पोखरामा उपचाररत लामाको स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा आईसीयूमा उपचारको क्रममा हिजो साँझ साढे ६ बजे उनको निधन भएको हो ।
२५ वर्षभन्दा बढी समयदेखि केवल व्यवसायमा संलग्न भई पोखरा केवल नेटवर्क प्रालिका सह(संस्थापक एवं संचालक थिए । रहेका लामाको निधनले केवल नेटवर्क व्यवसायलाई शोकाकुल बनाएको म्याक्स टीभी परिवारले जनाएको छ ।
२०२२ मंसिर २ मा कास्कीको पोखरामा जन्मिएका लामाका एक श्रीमती र एक छोरा छन् ।









































