काठमाडौ । काठमाडौंबाट रूकुम पश्चिम गइरहेको यात्रुबाहक बस पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक डम्बर गिरीका अनुसार बुधबार बिहान ६ बजेतिर दाउन्ने मन्दिर र दुम्कीबासको बिचमा ना ५ ख २७१३ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको थियो। बसमा भएका ५२ जनामध्ये ४८ जना घाइते छन्।
घटनास्थल भिरमा रहेकोले घाइतेहरूको क्रेनको माध्यमबाट उद्धार भइरहेको गिरीले जानकारी दिए।
दुर्घटनाको कारण खुलिसकेको छैन।
उद्धार गरिएका घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।









































