वि.सं.२०८३ वैशाख ८ मंगलवार

जनमत पार्टीको महाधिवेशन ६ महिनापछि सर्‍यो,आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन हुने

khanepani

काठमाडौं । जनमत पार्टीले आउँदो ९ र १० असोजमा पार्टीको महाधिवेशन गर्ने भएको छ ।

काठमाडौंमा बसेको पार्टी सचिवालयको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । यस अघि २० र २१ चैतमा महाधिवेशन गर्ने तय थियो ।

चुनावमा निकै ठूलो हार बेहोरेपछि पार्टीले चुनावको समीक्षा गर्ने भएको छ । यसका लागि क्षेत्रीयस्तरमा चुनावको समीक्षा बैठक गरी आउँदो शनिबारसम्म रिपोर्टो केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिइएको महासचिव चन्दन सिंहले जानकारी दिए ।

पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्नुपर्ने भएकोले त्यसका लागि केन्द्रीय प्रतिनिधिको रोहबरमा १४ चैतसम्म चयन गरिसक्न पनि निर्देशन दिएको छ ।

ranechhap