काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरे यातायात सेवा दिने बताएका छन्।
यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो।
‘कोरोना संक्रमितका लागि एम्बुलेन्स र यो बेला यातायात सेवा पाउन गाह्रो छ, त्यसैले हामीले केही सहयोगीहरूको सहयोगमा सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू गरिएको छ,’ थापाले भनेका छन्।
घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ।
सम्पर्क:कामनपा तर्फ:9851096303
बुनपा तर्फ:9851065256/9851072129
वा हटलाइन नं. 9860340587 मा SMS गर्नु होला। pic.twitter.com/G8xhpqVXH7— Gagan Thapa (@thapagk) May 19, 2021
थापाका अनुसार आइसोलेसनमा रहेकाहरू अस्पताल आउजाउ गर्न, परीक्षणमा जान वा आइसोलेसन सेन्टर जान यातायात आवश्यक परे सहयोग गर्न सकिन्छ।
काठमाडौं महानगरतर्फ 9851096303 र बुढानिलकण्ठ नगरपालिकातर्फ 9851065256 र 9851072129 मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्।
साथै हटलाइन नम्बर 9860340587 मा एसएमएस पनि गर्न सकिनेछ।
हेर्नुस् भिडिओ








































