वि.सं.२०८३ वैशाख २० आइतवार

१६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै,सुर्खेतमा विद्यार्थीको प्रदर्शन

khanepani

सुर्खेत । १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् ।

शुक्रवार बिहान उनकै कक्षा साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।

इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय लियर पढी रहेकी थिइन् ।

प्रदर्शनमा सहभागीहरूलाई ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जस्टिस फर इनिसा, वीइवान्ट जष्टिस’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

विद्यालय परिसरबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा पुगेर प्रदर्शन गरेका छन् ।

उनीहरूले इनिसा विकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग समेत गरेका छन् ।

इनिशाको मृत्यु शङ्कास्पद रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने विद्यार्थीहरुको माग छ ।

इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको २३ फागुन बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेलका परेका थिए ।

मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना इनिसाकै कक्षाका विद्यार्थीहरू हुन् ।

सुर्खेत प्रहरीले २३ फागुनदिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि २४ फागुनमा अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

ranechhap