वि.सं.२०८३ वैशाख ८ मंगलवार

इनिसा विकको हत्याकाे छानबिन गरी दाेषीलाई कारबाही गर्न सरकारसँग प्रचण्डको माग

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतकी १६ वर्षीया इनिसा विकको हत्याकाे छानविन गरी दाेषीलाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् विकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको बताएका छन् ।

उनले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानविनको माग गरेका छन् । साथै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।

उनले लेखेका छन्,‘ सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ। मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु।’

ranechhap