वि.सं.२०८३ वैशाख ६ आइतवार

मकवानपुर–१ लेनडाँडामा भएको ट्रक दुर्घटनापछि कान्ति लोकपथमा एकतर्फ यातायात सञ्चालन

khanepani

हेटौँडा । बुधबार राति २३ः३५ बजे कान्ति लोकपथ अन्तर्गत मकवानपुर–१ लेनडाँडामा भएको ट्रक दुर्घटनापछि कान्ति लोकपथमा एकतर्फ यातायात सञ्चालन भएको छ ।

हेटौँडाबाट काठमाडौँ गइरहेको म.प्र.०३–०० २ ख ४६४१ नम्बरको सिमेन्ट लोड ट्रक र काठमाडौँबाट आइरहेको म.प्र.०३–०० २ ख ४५०१ नम्बरको खाली ट्रक एक आपसमा ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते ४६४१ नम्बरका ट्रक चालक सिन्धुली, दुधौली–१४ का २४ वर्षीय टुल्कु सिंह तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

प्रहरीले ४५०१ नम्बरका चालक मकवानपुर, बागमती–७ का ४३ वर्षीय बेल कुमार स्याङतानलाई नियन्त्रणमा लिएको छ । दुवै ट्रक घटनास्थलमै रहेकाले कान्ति लोकपथमा यातायात एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

ranechhap