वि.सं.२०८३ असोज २ शुक्रवार

नक्कली कागजात पेश गरेर असईमा बढुवा भएका श्रेष्ठमाथि भ्रष्टचार मुद्दा दायर

khanepani

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी पदोन्नति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले नेपाल प्रहरीको असई पदमा बढुवा प्रयोजनको लागि पेश गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको उजुरी परेको थियो ।

श्रेष्ठले उक्त पदमा बढुवा पाउन केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने मार्क्स स्टेटमेन्ट र माइग्रेसन सर्टिफिकेट जस्ता नक्कली कागजात पेश गरेका थिए। यसरी प्राप्त पद र सुविधा मार्फत उनले भ्रष्टाचारजन्य लाभ लिएको आरोप छ।

शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्रहरू पेस गरी असई पदमा पदोन्नति भई हालसम्म नेपाल सरकारबाट निवृत्तभरणसहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेकोले विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार उनलाई सजायको माग गर्दै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

ranechhap