वि.सं.२०८३ वैशाख ६ आइतवार

नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारीमा भक्तपुरबासी

khanepani

काठमाडाैं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु गरिएको छ ।

जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माणको आवश्यक तयारी सुरु गरिएको हो । रथका लागि आवश्यक चक्कालगायतका धेरै काठ पुराना भएकाले नयाँ काठहरु ल्याएर रथ निर्माण गर्न लागिएको हो ।

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ ।

जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणका लागि सम्पूर्ण सामाग्रीको व्यवस्थापन गुठी संस्थानले गर्दै आएको छ ।

ranechhap