वि.सं.२०८२ चैत ३० सोमवार

नारी दिवसको अवसरमा ‘टिका’ निर्माण घोषणा, मुख्य भुमिकामा वर्षा र महेश

khanepani

काठमाडौं । एक सय सोह्रौ अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर चलचित्र ‘टिका’ निर्माण घोषणा गरिएको छ । भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आइ आट्र्स प्रालीको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो।

शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘टिका’ले नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्य राखेको छ । यस चलचित्रले संघर्ष, पराक्रम र नैतिक स्वच्छता कथा उठाउनेछ।

उक्त चलचित्रमा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा, वर्षा शिवाकोटी र हाँस्य कलाकार निर्मल शर्मालगायतको अभिनय रहनेछ । बाल कलाकार आयुशी ढकालको समेत अभिनय रहने फिल्मका कलाकार र प्राविधिकहरू छनोटको चरणमा रहेको रहेका छन् ।

चन्दन झा र निर्देशक कार्कीको कथामा तयार हुने यस चलचित्रका निर्माता भविष्य खड्का रहेका छन् भने पटकथा रामकुमार श्रेष्ठले लेखेका छन् । फिल्म छिट्टै छायांकन जाने तयारी भैरहेको बताइन्छ।

ranechhap