मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम मकवानपुर–१ बाट विजयी भएका छन् ।
उनी नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)सँग फराकिलो मतान्तरले बिजयी भएका हुन् ।
गौतमले कूल ३६ हजार ३३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८ मत प्राप्त गरेकी छन् ।








































