वि.सं.२०८२ फागुन २३ शनिवार

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

khanepani

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-४ स्थित जिगडवा आधारभूत विद्यालयको (क) मतदान केन्द्रका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको छ ।

रौतहटको माधवनारायण नगरपालिका-६ घर भइ सर्लाहीको बरहथवा नगरपालिका-५ आधारभूत स्वास्थ्य चौकीमा कार्यरत ४२ वर्षीय महतो मतदान केन्द्रमा अचानक बेहोस भएका थिए।

उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।