वि.सं.२०८३ वैशाख ४ शुक्रवार

इन्सास राइफल सहित भक्तपुरमा एकजना प्रहरी नियन्त्रणामा

khanepani

भक्तपुर । मंगलबार सशस्त्र प्रहरीले सूर्यविनायक नगरपालिका ८ भुम्डोलबाट इन्सास राईफलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज सशस्त्र प्रहरीको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका ९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईको कोठाबाट उक्त हतियार बरामद गरेको हो । प्रहरीले राईफलसहित एसएलआरको ४ थान गोलि, २ वटा प्लाष्टिक राउण्ड, सर्ट गनमा लाग्ने १ राउण्ड र एउटा खुकुरी त्यसको २ वटा दाप, एउटा बञ्चरो र ५ वटा सिरिन्ज पनि नियन्त्रणमा लिएको हो।

सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले उक्त हतियार गत दौ २३ र २४ गतेको को जेनजी आन्दोलनमा लुटिएको हुन सक्ने आशंका गरिएको बताएका छन् ।

हतियारसहित पक्राउ परेका सेढाईलाई कानूनी कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

ranechhap