वि.सं.२०८३ वैशाख ६ आइतवार

इरानलाई ट्रम्पको अर्को चेतावनी

khanepani

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियारको बारेमा अर्को चेतावनी दिएका छन् ।

उनले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले इरान अमेरिकी आक्रमणबाट बच्न सम्झौतामा पुग्न चाहेको तर अहिलेसम्म कहिल्यै आणविक हतियार विकास नगर्ने वाचा नगरेको बताए ।

ट्रम्पले अमेरिकी कांग्रेसलाई भने- ‘मिडनाइट ह्यामर पछि, उनीहरूलाई आफ्नो हतियार कार्यक्रम पुन: सुरु गर्ने प्रयास नगर्न चेतावनी दिइएको थियो । तैपनि उनीहरू त्यसो गरिरहेका छन्, र अब उनीहरू फेरि आफ्नो खतरनाक आणविक महत्वाकांक्षालाई पछ्याइरहेका छन् ।’

ट्रम्पले उनको प्राथमिकता कूटनीति मार्फत समस्या समाधान गर्नु रहेको बताउदै इरानलाई आतंकवादको नम्बर एक राज्य प्रायोजक भन्ने टिप्पणी गरे ।

उनले भने- ‘मेरो प्राथमिकता कूटनीति मार्फत यो समस्या समाधान गर्नु हो । तर एउटा कुरा निश्चित छ, म विश्वको नम्बर एक आतंकवादी प्रायोजकलाई कहिल्यै आणविक हतियार राख्न दिने छैन ।’

इरानको आणविक कार्यक्रमलाई लिएर इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव जारी छ । संयुक्त राज्य अमेरिकाले मध्य पूर्वमा ठूलो र शक्तिशाली नौसेना जहाज तैनाथ गरेको छ । यसैबीच, इरानले शान्तिपूर्ण आणविक प्रविधिको फाइदाको शोषण गर्ने आफ्नो अधिकार कहिल्यै त्याग्ने दाबी गरेको छ ।

दुई देशहरू बीचको सम्झौताको बारेमा वार्ता पनि जारी छ । अर्को बैठक यस हप्ता बिहीबार स्विट्जरल्याण्डको जेनेभामा हुने तय भएको छ ।

ranechhap