वि.सं.२०८३ वैशाख २४ बिहीवार

निर्वाचनमा तीन दिन सार्बजनिक बिदा दिने सरकारको निर्णय

khanepani

काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

ranechhap