वि.सं.२०८३ वैशाख १८ शुक्रवार

लिक मर्मतका नाममा करोडौ लुट्नै व्यस्त केयूकेएलका हाकिम, सूचना विभागको प्रेसपास धारी केयूकेएलको ठेकेदार

khanepani

काठमाडौं । कोभिड– १९ को दोस्रो लहरले नेपाली जनता नराम्रोसँग प्रभावित भएका छन ।
मानिसहरु अक्सिजनको अभावमा मृत्युवरण गर्न बाध्य भएका छन ।

तर, कोहि भने कसरी सरकारी ढिकुटीलाई सिध्याउने आफु करोडपति बन्ने सपना देख्दै, लुट्न व्यस्त देखिएका छन ।
यस्तै भएको छ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) मा ।

मेलम्चीको पानी काठमाडौंबासीका धारामा वितरणको जिम्मेवारी पाएको केयूकेएलले लिंक मर्मतका नाममा आएको नेपाल सरकारको १३ करोड कसरी सिद्धयाउने भन्ने चिन्ताले केहि कर्मचारीहरुलाई बेलुका राम्रो निद्रा पर्न पनि छोडेको केयूकेएल स्रोतले दावी गरको छ ।
स्रोत भन्छ, केयूकेएल महांकालचौर शाखा, महाराजगंज शाखा, क्षेत्रपाटी शाखा, त्रिपुरेश्वर शाखा, जाउलाखेल शाखा, र्कितिपुर शाखा, बानेश्वर शाखा, ठिमि शाखा अन्तरगतबाट मेलम्चीको पानी वितरणको काम भएको छ ।

मेलम्चीको पानी पुरानो पाइप लाइनबाटै जनतालाई तत्काल पानी वितरण गर्ने योजना अनुसार पानी वितरणको काम भएको छ । यी पुराना पाइपलाईन करिव १ सय भन्दा बढी वर्षदेखिको पाइपलाईनबाट पानी वितरण गर्दा ठाँउ ठाँउमा पाइपलाइन लिकेज भएका छन । यहि मर्मतका लागि नेपाल सरकारले केयूकेएललाई हालै १३ करोड बजेट निकासा दिएको छ । सो बजेट यहि असार मसान्तभित्र सक्नु पर्ने भन्दै कतिपय शाखाहरुमा आफ्निकटका ठेकेदारलाई जथाभावि काम लगाएर बजेट झ्वाम पर्ने काम भएको केयूकेएल स्रोतले दावी गरेको छ ।

खरिद र निर्माणको समेत काम एकै ठेकेदारले पाएको विषयमा समेत केयूकेएलमा चर्चा चलेको छ । ठेकेदार प्रकाश लामिछाने, कुमार सिंखडा, प्रविन धिताल, रेशम केसी, हरि के.सी लगाएतको एकलौटी चल्दै आएको समाचार स्रोतको दावी छ । यी मध्येकेहि पत्रकार ठेकेदार भएका कारण यो लकडाउनमा उनले आफ्नो निजि सवारी साधनमा प्रेस लेखेरै गाडी कुदाई रहेका छन । उनीसँग एउटा अनलाईनको सूचना विभागको प्रेस पास रहेको पनि स्रोतको दावी छ ।

ranechhap