धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको र दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ६ जना महिला र ११ जना पुरुष रहेका छन् । बसमा सवार २८ जनाको परिचय खुलेको प्रहरीले जानकारी दिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजे ग२ख १४२१ नम्बरको बस त्रिशूली किनारमा खसेको हो । बसमा ४६ जना यात्रु रहेको बताइएको छ ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनसन्धान जारी रहेको धादिङ प्रहरीले बताएको छ ।







































