काठमाडौं । इङल्याण्डले श्रीलंकालाई पराजित गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठको अन्तर्गतको खेलमा इङल्याण्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो ।
इङल्याण्डले दिएको १४७ रनको लक्ष्य पछाएको श्रीलंकाले १६.४ ओभरमा अल आउट हुदै ९५ रन मात्र बनाएको हो ।
श्रीलंकाका लागि कप्तान दुशान शानकाले सर्बाधिक ३० रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर विल ज्याकले ३ विकेट लिए भने जोफ्रा आर्चर, लियाम डावसन र आदील रशिदले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विल ज्याकले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए । त्यसैगरी श्रीलंकाका बलर दुनिथ वेल्लालागे, दिलशान मदुशान्का र महीश थीकशानाले २-२ विकेट लिएका थिए भने दुषमनथा चामेराले एक विकेट लिएका थिए ।
अब सुपर आठ अन्तर्गत इङल्याण्डले अर्को खेल मंगलबार पाकिस्तानविरुद्ध खेल्ने छ भने श्रीलंकाले बुधबार न्यूजील्याण्डविरुद्ध खेल्ने तालिका छ ।









































