वि.सं.२०८३ वैशाख २४ बिहीवार

काठमाडौँबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

khanepani

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ बनस्थलीबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

आइतबार बिहान प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले २ ग्राम २ सय १० मिलिग्राम पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा हाल काठमाडौं ठमेल बस्दै आएका मोरङ सुन्दरहरैँचा नगरपालिका–७ घर भएका २४ वर्षीय नितुन मगर तथा काठमाडौं बानेश्वर बस्ने ओखलढुंगा घर भएका २५ वर्षीय निश्चल कार्की रहेका छन् ।

प्रहरीका अनुसार लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap