काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्याइदिएको बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा आफूलाई दुख दिइएको जिकिर गरे ।
मतदातासँग भने, ‘दुख मैले पाए पनि आँखा तपाईँका भिजेका छन्, मलाई राम्रोसँग थाहा छ। घाउ मलाई लागे पनि दुखेको तपाईँलाई छ, मलाई राम्रोसँग थाहा छ । तर त्यति दुख्नै पर्थ्यो मलाई। त्यति दुख पाउनै पर्थ्यो । आराम खोजेको भए सरकार ढल्न दिइँदैन थियो । छलेका पैसाहरूमा भाग खोजिन्थ्यो होला। हामीले भाग खोजेनौँ । तर यो देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्याउने गरी काम गर्यौँ ।’
उनले चितवनले आफूलाई आशीर्वाद र न्यायका लागि सधैँ आवाज दिएको बताए। आफूले इमानदारितापूर्वक काम गर्न खोजेपनि नदिइएको बताए। राजनीतिको इतिहास लेख्ने थलो चितवन अब राजनीतिको केन्द्र बनेको समेत बनेको उनको भनाइ छ ।









































