04, May, 2024

कोरोना नियन्त्रणका लागि सहयोग गर्न, मुख्यमन्त्री राउतद्वारा राष्ट्रसंघीय निकायसँग आग्रह

Bagmati Voice
संवाददाता
३ जेष्ठ २०७८, सोमबार १२:०१ | २ साल अगाडी

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन राष्ट्रसंघीय निकायसँग आग्रह गरेका छन् ।

प्रदेशस्थित राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग सोमबार बिहान छलफल गर्दै मुख्यमन्त्री राउतले यस्तो आग्रह गरेका हुन् । छलफलमा मुख्यमन्त्री राउतले भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराईदिन आग्रह गरे ।

राष्ट्रसंघीय निकायले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको बताउँदै मुख्यमन्त्री राउतले यो सहयोग प्रदेश २ सम्म ल्याउनका लागी पहल गर्न पनि आग्रह गरे ।

युएनडिपीका धनबहादुर चन्द, युएनडीएसएसका जितेन्द्र जंग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिह, युनिसेफका अशोक कुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रसहितको सहभागितामा भएको छलफलमा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री राउतसहित समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको पनि सहभागिता थिए ।

३ जेष्ठ २०७८, सोमबार १२:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading