वि.सं.२०८२ फागुन १ शुक्रवार

प्रचण्डले भने- विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एक हौँ ?

khanepani

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट समाधानका लागि निम्ति सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताएका छन् ।

‘जनयुद्ध दिवस’ मा शुभकामना सन्देश दिँदै उनले फागुन २१ को चुनावबाट सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरू गर्न अपरिहार्य रहेको पनि बताए ।

रुकुममा रहेका प्रचण्डले भने, ‘हामी सहिदका सपना पूरा गर्ने, रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ। म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु ।’

अहिले देशको परिस्थिति नयाँ बनेको भन्दै दाहालले थपे, ‘जेन-जी आन्दोलन र त्यसपछिको विध्वंस जे भयो, त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ । त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदै छौँ । मेरो लागि एकातिर गर्वको कुरा र एकातिर निकै ठूलो जिम्मेवारीको कुरा भएको छ कि म यो जनयुद्ध दिवसमा रुकुमपूर्व आएर मनाउँदै छु र रुकुम पूर्वको प्रत्यक्षतर्फको उम्मेदवारको हैसियतले पनि मैले आज यो दिवस मनाउँदै छु ।’