वि.सं.२०८३ वैशाख ३ बिहीवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ

khanepani

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ४० ग्राम तौलको सुन जस्तो देखिने धातुको बिस्कुट ४ थान सहित फिनल्याण्डका नागरिक ६४ वर्षीय इम्तियाज अहमद आइतबार बेलुकी पक्राउ परेका छन् ।

एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका उनलाई जाँच गर्दा उनको ब्यागबाट उक्त धातु फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

ranechhap