वि.सं.२०८३ वैशाख ६ आइतवार

प्रेस चौतारी उपत्यका कार्यवाहक अध्यक्षको जिम्मेवारी सिलवाललाई

khanepani

काठमाडौं । प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कार्यवाहक अध्यक्षमा राजकुमार सिलवाल चयन भएका छन् ।

अध्यक्ष सीतामाया पौडेलले केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामालाई स्वीकृत गर्दै सिलवाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रेस चौतारीको केन्द्रीय कार्यालयमा सम्पन्न प्रदेश कमिटीको बैठकले राजीनामा स्वीकृत र नयाँ कार्यवाहक अध्यक्ष चयन गरेको हो । सिलवाल उक्त कमिटीका उपाध्यक्ष थिए ।

रिक्त रहेको उपाध्यक्षमा विष्णु रैगाई चयन भएका छन् । उनी समाजवादी प्रेस संगठनको उपत्यका प्रदेश अध्यक्षको जिम्मेवारी परित्याग गरी चौतारीमा फर्किएका हुन् । सोही कमिटीको सदस्यमा रामकृष्ण भट्ट चयन भए ।

बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचार योजना पनि निर्माण गरेको महासचिव सौगात मिश्रले बताए ।

ranechhap