वि.सं.२०८३ वैशाख ६ आइतवार

रोनाल्डो बिना अल नासर विजयी, बराबरीमा रोकियो अल हिलाल

khanepani

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ४०औं मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । रोनाल्डो क्लब व्यवस्थापनसँगको असन्तुष्टिका कारण नखेलेको बताइएको छ ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा अल हिलाल अल अहली साउदीसँग गोल रहित बराबरीमा रोकिएको छ । यसको फाइदा अल नासरलाई भएको छ ।

अल नासरले शिर्ष स्थानमा रहेको अल हिलालसँगको अंक दूरी एक अंकमा झारेको छ । शिर्ष स्थानमा रहेको अल हिलालको १९ खेलमा ४७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको अल नासरको १९ खेलमा ४६ अंक रहेको छ । त्यस्तै अल अहली साउदीको १९ खेलमा ४४ अंक रेहको छ ।

ranechhap