वि.सं.२०८३ वैशाख ६ आइतवार

नेप्लिज बिजनेस एसोसिएसन डेनमार्कमा नयाँ नेतृत्व, अध्यक्षमा पुन: मिलन टी. श्रेष्ठ

khanepani

डेनमार्क । नेप्लिज बिजनेस एसोसिएसनमा नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार सम्पन्न साधारण सभाले सर्वसम्मत रूपमा संस्थापक अध्यक्ष मिलन टी. श्रेष्ठलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ ।

एसोसिएसनको उपाध्यक्षमा शशी श्रेष्ठ, महासचिवमा किशोर प्रसाईँ (निरज), सचिवमा सूवर्ण गौतम, कोषाध्यक्षमा बबि क्षेत्री र लेखा निरीक्षकमा नवीनराज पौडेल चयन भएका छन् ।

कृष्ण अधिकारी, बुद्धि सापकोटा, सिता विश्वकर्मा, पुनम श्रेष्ठ, प्रकाश विष्ट, प्रकाश श्रेष्ठ, योगेश भट्टराई, सुवास ढुंगाना, सञ्जीव साम गिरी र अनु अधिकारी सदस्यमा चुनिएका छन् ।

आवश्यकता अनुसार कार्यसमितिले थप सदस्य मनोनयन गर्ने समझदारी बनेको छ ।

साधारणसभामा संस्थाको गतिविधि, उपलब्धि तथा भावी योजनामा छलफल भयो । उपाध्यक्ष शशी श्रेष्ठले डेनमार्कस्थित नेपाली दूतावाससँग सहकार्य गर्दै नर्डिक मुलुकहरू तथा अन्य युरोपेली देशमा रहेका नेपाली व्यवसायीसँग समन्वय विस्तारमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघलगायत व्यावसायिक संस्थासँग सहकार्य गर्दै संस्थागत रूपमा अघि बढ्न सके नेपाली व्यवसायीहरूको हित र अवसर अझ सुदृढ हुने उनको विश्वास छ ।

संस्थाले आगामी दिनमा औपचारिक कार्यक्रम राउण्ड टेबल प्रणालीमा सञ्चालन गरिने साथै खादामाला र विशेष मञ्चको प्रयोग नगर्ने निर्णय गरेको छ ।

अध्यक्ष श्रेष्ठले आफूले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाए ।

ranechhap