04, May, 2024

कोरोना महामारीको कारणले गर्दा महोत्तरीमा थप तीनजना संक्रमितको मृत्यु

Bagmati Voice
संवाददाता
२ जेष्ठ २०७८, आईतवार १२:०१ | २ साल अगाडी

जनकपुरधाम । महोत्तरीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उनीहरुको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौशाला नगरपालिकाका वडा नम्बर ४ का ४० वर्षीय पुरूष र सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

औरहीका पुरुषमा बैशाख ३० गते, गौशालाका पुरुषमा बैशाख २८ गते र सम्सीका पुरुषमा जेठ १ गते कोरोना संक्रमण देखिएको थियो ।

औरहीका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम, गौशालाका पुरुषको स्थानीय आइसोलेसनमा र औरहीका पुरुषको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

कोरोनाको दोस्रा लहर शुरु हुँदा महोत्तरीमा हालसम्म २२ जनाको मृत्यु भएको सिंहले बताइन् ।

२ जेष्ठ २०७८, आईतवार १२:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading