वि.सं.२०८३ वैशाख ७ सोमवार

हर्कको दाबी- बालेनको चुनावी प्रदर्शनमा झापा ५ का स्थानीय १० प्रतिशत पनि थिएनन्

khanepani

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ताको दिन रास्वपाले दकममा उतारेको भिड पूर्वका सबै जिल्लाको रहेको भन्दै स्थानीय सहभागिता भने न्यून रहेको दाबी गरेका छन् ।

सुनसरी १ बाट उम्मेदवार बनेका हर्कले बालेनको उम्मेदवारी मनोनयनको जुलुसमा स्थानीय मान्छे १० प्रतिशत पनि नरहेको दाबी गरेका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा कटाक्ष गर्दै भने-पूर्वभरिकै सबै घण्टी हल्लाउनेहरू भेला भएका रहेछन् दमकमा अस्ति । स्थानीयहरू त १० प्रतिशत पनि थिएन छन् । अनि हाम्लाई उल्टो हाँस्दिने ?

पूर्वमा आक्रामक चुनावी अभियान चलाइरहेका उनले झापा ५ मा समिर तामाङ उम्मेदवार बनाएका छन् ।

ranechhap