काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्ना कोही सदस्य ‘आँखा’ बाहेक अरु चिन्हबाट चुनाव नलड्ने प्रष्ट्याएको छ । अछाम १ बाट दीपक साउँद एमालेको ‘सूर्य’ बाट चुनाव उठ्ने समाचार आइरहेको बेला प्रलोपाले भ्रम फैलाइएको बताएको छ ।
अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निर्वाचन चिन्ह ‘आँखा’ नै रहेकोले सूर्य चिन्हबाट लड्ने कुरा निराधार रहेको बताए ।
‘प्रगतिशील लोकतान्त्रिक पार्टीको आधिकारिक निर्वाचन चिन्ह एकल खुलेको आँखा रहेको कुरा सर्वविदितै छ । तसर्थ, आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सोही चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने कुरा स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष परियारले आफ्नो पार्टीसँग सम्बन्धित कुनै व्यक्ति एमालेबाट नलड्ने बताएका छन् ।
उनले भनेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सम्बद्ध केही व्यक्ति अन्य पार्टीको चुनाव चिन्हबाट चुनाव लड्ने भन्ने भ्रामक विषय फैलाइएकाले ती समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दछौँ ।’










































