वि.सं.२०८२ वैशाख ६ शनिवार

प्रधानमन्त्रीले शुरु गरे बालुवाटारमा कोभिड संकटविरुद्ध संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि गम्भीर पहल शुरु गरेका छन् ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्ने भनेका प्रधानमन्त्रीले शनिवार सर्वपक्षीय छलफल आयोजना गरेका छन् ।

सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका छन् ।

सो छलफलमा प्राप्त सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने भएको छ ।