वि.सं.२०८३ वैशाख ७ सोमवार

महाभ्रष्टाचारी र यौन दुराचारी पूर्वमन्त्री यादव एमाले प्रवेश

khanepani

काठमाडौं । पूर्व मन्त्री एवम् जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन् । उनी गएराति एमाले प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह सहितका कार्यकर्ताहरू समेत एमाले प्रवेश गरेका हुन् ।

एउटा महाभ्रष्टाचारी र यौन दुराचारी एमालेमा प्रबेश गरेको छ । खानेपानी मन्त्री हुदाँ तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचार गरेको पैसा दिएर खुशि बनाउदै भ्रष्टाचारको दुनियाँमा एक छत्र राज गरेको प्रदिप यादवको एमाले प्रबेशले एमालेमा निराशा उत्पन्न गरको छ ।

यादव, ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि ओलीसँगै सत्याच्युत भएका थिए ।

जेनजी आन्दोलनपछि यादव अशोक राई नेतृत्वको जसपा त्यागेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्य थिए ।

प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादव जसपा नेपाल पनि त्यागेर एमाले प्रवेश गरेका हुन् । उनी पुनः पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् ।

स्रोतका अनुसार ओलीले टिकट दिने वचन पनि दिइसकेका छन् ।

ranechhap