काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज पहिलोपटक पार्टी कार्यालयमा प्रवेश गर्दैछन् । अहिले १ बजे उनी बनस्थलीस्थित घण्टीघर जाने कार्यक्रम रहेको छ ।
गत पुस १३ गते एक सम्झौतामा हस्ताक्षर गर्दै बालेन रास्वपामा प्रवेश गरेका थिए । उनलाई दोस्रो वरीयतामा रहनेगरी पार्टीको वरिष्ठ नेता तोकिएको थियो । तर, काठमाडौं महानगरप्रमुखको जिम्मवारीमा रहेका कारण बालेन पार्टीका गतिविधिहरुमा सहभागी भएका थिएनन् । उनको औपचारिक पार्टी प्रवेश पनि भएको थिएन ।
आज बालेन पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठकमा भाग लिने छन् । केन्द्रीय समिति बैठक २ बजे राखिएको छ । आजै साँझ ५ बजे रास्वपा सभापति रवि लामिछाने र बालेनसहितको टोली चुनावी अभियानको सुरुवात गर्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । उनी झापा ५ बाट उम्मेदवार बन्दैछन् ।









































