वि.सं.२०८३ भदौ ११ बिहीवार

काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा, स्वीकृत हुन बाँकी

khanepani

काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीना बुझाएको महागरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।

उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्ने छन् ।

उनलाई मेयर शाहले काठमाडौं ४ बाट उम्मेदवार बनाउने तयारी गरेका छन् ।

ranechhap