वि.सं.२०८३ असार ११ बिहीवार

गगनको दस्ताबेज बुझेपछि भण्डारीले भने, ‘कानुन अनुसार छिट्टै टुङ्ग्याउँछौ’

khanepani

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् ।

‘यो विषयको निरुपण नभई म केही बोल्दिनँ’, कहिलेसम्म कांग्रेसको आधिकारिकता विवाद टुङ्ग्याउनुहुन्छ भन्ने प्रश्नमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने,‘कानुनले तोकेको मितिभित्र छिट्टै निरुपण हुन्छ ।’

यद्यपि यसबारे कानुनमा स्पष्ट छैन ।

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्म चयन भएका गगन थापाले बिहीबार निर्वाचन आयोग पुगेर माघ ३ गते शनिबारसम्म अद्यावधिकको विषय टुङ्ग्याउन आग्रह गरेका थिए ।

थापा नेतृत्वको कांग्रेसले आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई अद्यावधिक गरिएकाे कार्यसमिति बुझाएको थियो ।

पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको दाेस्राे विशेष महाधिवेशनले १३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गतेसम्म प्रत्यक्षतर्फको सूची बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर यही बेला नेपाली कांग्रेसमा आधिकारिकता विवाद बढ्ने देखिएको छ ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २३ को उपनियम ६ अनुसार अन्यत्र जेसुकै कुरा लेखिएको भएपनि निर्वाचन अवधिभर विवाद निरुपण सम्बन्धमा कुनै कारबाही गरिनेछैन भनिएको छ ।

ranechhap