काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले संस्थापन पक्षको तर्फबाट सहमति, संवाद र एकताको लागि ढोका सधैँ खुला रहेको बताएका छन्।
सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी अप्ठेरो अवस्थामा रहेको बताए।
उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ। र पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ। पार्टीको विधि, पद्धति र मान्यताहरू छन्, ती मान्यता अनुसार नै अघि बढ्नुपर्छ।’
विशेष महाधिवेशनको औचित्य नभएको केन्द्रीय कार्यसम्पादन समितिले भनिसकेको बताए। निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको भन्दै त्यही अनुसार अघि बढ्ने बताए।









































