काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ४९।३४ प्रतिशतले नाम दर्ता गराएका छन्। विशेष महाधिवेशनस्थलमा अहिले पनि नाम गर्दा गराउने क्रम जारी छ।
कांग्रेसमा ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। असोज २९ गते ५४।५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका थिए। अहिले विशेष महाधिवेशन जारी छ।
विशेष महाधिवेशनको पक्षमा काठमाडौं आउनेको संख्या बहुमतनजिक पुगिसकेको छ। उनीहरुले ६० प्रतिशतभन्दा धेरै सहभागी हुने दाबी गरेका छन्।









































