काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले ४ महिनादेखि कोमामा रहेको कांग्रेसलाई महामन्त्रीद्वयले प्राण दिएर बाहिर निकालेको बताएका छन्।
विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गदै देशले परिवर्तन खोजेको बताए।
उनले भने, ‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ। इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्लो चार महिना पछारिएको थियो।’
विशेष महाधिवेशनले कांग्रेसभित्रको विकृति अन्त्य गर्ने गरी नीति पास गर्नुपर्ने बताए। पार्टीमा युवा नेतृत्वलाई अगाडि सार्नुपर्ने पनि बताए।









































