वि.सं.२०८३ वैशाख २६ शनिवार

सुदूरपश्चिम सरकारको निर्णय : कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग

khanepani

कैलाली । साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रदेश सुरक्षा समितिले साउन २५ मा गरेको सिफारिसका आधारमा मन्त्रीपरिषदले मृतक चौधरीको परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि प्रदेश सरकारले निर्माण गरेका कालोपत्रे सडक नियमित मर्मतसम्भार हुनेछन् । यो काम ‘मर्मत समूह’ मार्फत गरिने व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले प्रत्येक वर्ष करिब दुई सय किलोमिटर कालोपत्रे सडक निर्माण गर्दै आएको छ । नियमित मर्मत तथा सम्भारले सडकको आयु लामो हुने अपेक्षा गरिएको छ ।

बैठकले सुदूरपश्चिम प्रदेशवृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।

ranechhap