धनुषा । धनुषामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको मृत्यु भएकाे हाे।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए।
उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएकोमा शनिबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको हो।
संक्रमित उनमा कुनै प्रकारको दिर्घ रोग नदेखिएको डा. सिंहले बताए। कोरोनाबाट धनुषामा पहिलो व्यक्तिको मृत्यु भएको हो।
देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।








































