वि.सं.२०८३ वैशाख २६ शनिवार

नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै, माइतीघरमा प्रदर्शन

khanepani

काठमाडौं । काठमाडौंका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुले प्रदर्शन गरेका छन् ।

गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

बागमती,विष्णुमती,मनोहरा लगायतका पीडितहरुले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदैन, फैसला होइन न्याय देउ, जनतालाई उठिबास गर्ने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ लगायतका नारा लेखिएको व्यानर बोकेर आफना मागहरु राखेका छन् ।

२ वर्ष अघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । त्यसअघि नै २० मिटर छाेड्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेकाे थियाे ।

सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो । अहिले उक्त खाेलाकाे मापदण्ड खारेजकाे माग गरेका हुन् ।

ranechhap