काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ‘इद उलफित्र’ का अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन।
इद उलफित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुताको अभिबृद्धि गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दछौं उनले विज्ञप्तीमा भनेका छन । ढकालले विज्ञप्तीमा भनेका छन, “सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गरि यस पर्ब मनाउन पनि परिवार दल अपिल गर्दछ । नेपाली समाजको एक अभिन्न अंग रहदै आयका मुस्लिम समुदायले नेपालको शान्ति र बिकासमा गर्दै आयको योगदानको नेपाल परिवार दल उच्च कदर गर्दछ।”






































