वि.सं.२०८३ वैशाख २७ आइतवार

जाडो बढेपछि जनकपुरमा आजदेखि ४ दिन विद्यालय बन्द

khanepani

काठमाडौँ । जनकपुरधाम उमहानगरपालिकाले चिसो बढेपछि आइतबारदेखि थप ४ दिन विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाले सूचना जारी गरेर आइतबारदेखि पुस १६ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो । सरकारी तथा सामुदायिक सबै विद्यालयमा बिदा दिइएको छ ।

यस्तै, वीरगंज महानगरपालिकाले पनि जाडो बिदा थपेको छ । आइतबार र सोमबार दुई दिन थप जाडो बिदा दिइएको महानगरले जनाएको छ ।

ranechhap