वि.सं.२०८३ वैशाख २६ शनिवार

पुनःस्थापनाको लागि पूरक रिट निवेदन लिएर नेपाली कांग्रेसका थप ७० सांसद सर्बोच्च अदालत जाने

khanepani

काठमाडौँँ । प्रतिनिधि सभा पुनःस्थापनाको लागि पूरक रिट निवेदन लिएर नेपाली कांग्रेसका थप ७० सांसद सर्बोच्च अदालत जाने भएका छन् ।

यस अघि एमालेले संस्थागत निर्णयबाटै ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दिइसकेको छ । कांग्रेसका पनि प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदको रिटमाथि पनि सर्बोच्चले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

विघटित प्रतिनिधि सभाका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद पुनस्स्थापनापछि सरकार गठन हुने र आवश्यक कानून तथा संविधान संशोधन गर्ने सामर्थ्य राख्छ भन्ने पुष्टि गर्न १ सय ३८ भन्दा बढी सांसद अदालतमा पूरक निवेदन लिएर जान लागेको बताए ।

यसैबीच जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका समेत सांसदहरुको हस्ताक्षर जुटाएर पूरक निवेदन दिने तयारी समेत भइरहेको बताइएको छ ।

ranechhap