वि.सं.२०८३ असार १६ मंगलवार

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक

khanepani

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले यही पुस १६ गतेदेखि आईपीओ विक्रीमा ल्याउन भएको हो ।

यस अघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीहरूका लागि र ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

यसका साथै बैंकले अब १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्न लागेको छ । यस कम्पनीको शेयर प्रतिशेयर १०० रुपैयाँ मूल्य तोकिएको छ ।

बाँकी २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरूलाई सुरक्षित राख्ने बैंकले जनाएको छ । मुक्तिनाथ क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा यही पुस २० गतेसम्म आवेदन दिन सकिनेछ ।

ranechhap