काठमाडौं । फास्ट फुड व्यवसायीहरुको साझा संस्था फास्ट फुड एसोसिएसन नेपालले आफ्ना सदस्यहरुविच फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । एक दिने प्रतियोगिता भोली (शनिबार) धुम्बाराहीस्थित सूर्य फुटबलमा हुने छ ।
प्रतियोगितामा विभिन्न सात टोलीले सहभागीता जनाउने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सगरमाथा स्ट्राइकर्स, धोवलागिरी योद्धा, मकालु किङ्स, मनास्लु लेजेण्ड्स, हिमचुली टाइगर्स, गणेश हिमाल वारियर्स र लाङटाङ किकर्स गरी सात टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न छन् । प्रतियोगिताको विजेता टोलीले ३० हजार, उपविजेता टोलीले २०, तेस्रो हुने टोलीले १० हजार र चौथो हुने टोलीले पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।
‘स्वास्थ्यसँग फास्टफुड’ नारासहित आयोजना गरिएको प्रतियोगिता शनिबार विहान ९ बजेदेखि सु? हुनेछ । एसोसिएसनले यस अघि पनि व्यवसायिक एकता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर खाद्य स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमह?, रक्तदान, भुकम्प तथा बाढी पिडितहरुलाई सहयोग जस्ता सामाजिक कार्यहरुगरेको छ ।









































