मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री कुन्दनराज काफ्ले सहित ५ जनाको नाम सिफारिस गरेको छ । कार्यसम्पादन समितिको बैठकले काफ्ले सहित ५ जनाको नाम निर्वाचनका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका काफ्ले, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, पूर्व जिल्ला सभापति तारा बहादुर कोइराला, प्रदेश समिति सदस्य प्रभुराम श्रेष्ठ र पूर्व महासमिति सदस्य विनीता अधिकारी को नाम सिफारिस गरेको हो ।
समानुपातिक तर्फ कांग्रेस दोलखाले गाउँपालिका हारेकादेखि जेनजी युवाको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ पूर्व सभापति उदवराज काफ्ले र बालकृष्ण थापा, कांग्रेस दोलखा सभापति वर्मा लामा, रोचना उप्रेती, छिरिङडोल्मा शेर्पा, पासदिकी तामाङ, प्रतिभा उप्रेती र सुमिका तामाङको नाम सिफारिस गरिएको छ । पासदिकी यसअघि दोलखाको स्थानीय तहको गौरिशकर गाउँपालिका उपाध्यक्ष पदमा पराजित भएकी थिइन् भने प्रतिभा उप्रेति नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य समेत रहेकी जेनजी युवा हुन् ।
यसैगरी, राष्ट्रिय सभातर्फ दोलखा कांग्रेस सभापति वर्मा लामा र पूर्व सभापति रुद्र बहादुर खड्काको नाम सिफारिस गरिएको छ ।









































