वि.सं.२०८३ वैशाख १८ शुक्रवार

४४ वर्षे सक्रिय राजनीतिबाट काशीनाथको विश्राम, साधारण सदस्य भएर एमाले र देशलाई योगदान गर्ने

khanepani

काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् ६६ वर्षीय अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।

उनले जसरी पनि जिम्मा पूरा गर्ने आफ्नो कार्यशैली सम्झिँदै पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको बताएका छन् । अब पार्टीको कुनै पनि कमिटी र निकायमा नरहने भन्दै अधिकारीले साधारण सदस्य रहेर पार्टी, समाज र देशको हितमा काम गरिरहने प्रण गरेका छन् ।

११औँ महाधिवेशनमा केपी ओली प्यानलले उनलाई अनुशासन आयोगको अध्यक्षमा राखेको थियो । तर, अरुले पालो पाउनुपर्छ भन्दै अधिकारीले उम्मेदवारी नै दर्ता गरेनन् ।

ranechhap