वि.सं.२०८३ वैशाख १९ शनिवार

सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्र पठाउँदै विद्यार्थीको कपाल मनलाग्दी मुण्डन नगर्न महानगरको निर्देशन

khanepani

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्र पठाउँदै विद्यार्थीको कपाल मनलाग्दी मुण्डन नगर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बुधबार गरेको परिपत्रमा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका केही विद्यालयमा छात्रको कपाल लामो भएको भनी विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनेर जनगुनासा प्राप्त भएकाले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन अनुरोध छ ।’

महानगरका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले परिपत्र गरेको पत्रअनुसार, काठमाडौँका सामुदायिक तथा संस्थागत विद्यालयले अब विद्यार्थीलाई मानसिक यातना हुने गरी कपला मुण्डल गर्न रोकिने भएको छ ।

ranechhap