काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर शतप्रतिशत भोट खसेको छैन ।
२ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’
८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो । मतपरिणाम आजै सार्वजनिक हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ ।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत भोट खसेन । २२२७ मत मात्र खसेको छ । ३६ जना अनुपस्थित भएका छन् ।
यसपटक एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्व चयनका लागि विद्युतीय मतदान भएको थियो ।
मतदान नगर्नेको नामावाली :
केन्द्रीय कमिटीबाट
मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछामगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरिबहादुर राजवंशी
अनुशासन आयोग
पोष्ट कुमार नेपाल
सरस्वती गौतम
सतिलाल राजवंशी
प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)
निर्वाचन आयोग
समिर नेपाल
रचना राजोपाध्याय
लेखा आयोग
अशोक केसी
विभाग
घनश्याम कोइराला
सन्जीव रोकाहा
००००
कृष्णमाया भुजेल– झापा
लक्ष्मी यादव– बारा
शत्रुधन प्रसाद सिंह– सिरहा
राजेन्द्र प्रसाद यादव– पर्सा
अंशु आनन्द– पर्सा
मनोज कुमार गुप्ता– पर्सा
विजय कापर– सप्तरी
जितेन्द्र चौधरी– महोत्तरी
सिर्जना नेपाली (प्रवास)
अशिम कोइराला (प्रवास)
दिनेश बास्तोला (प्रवास)
बालुका बेलबासे (प्रवास)
गिरिराज बेलबासे (प्रवास)
मिना पोखरेल (प्रवास)
राजेन्द्र अर्याल (गुल्मी)
तेजकुमार बिक
पल्वराज भट्ट (कन्चनपुर)
तिलक रिजाल (दैलेख)
गोमा नेपाली (कालीकोट)
दानबहादुर बिक
बब्लु शिवाकोटी









































