वि.सं.२०८३ भदौ १६ मंगलवार

नेपाल चिकित्सक संघलाई लाग्यो चुनाव, डा. मंगल रावलको नेतृत्वमा को-को छन् ?

khanepani

काठमाडौं । राणा शासनको अन्त्यसँगै २००७ साल फागुन २० गते जन्मिएको देशकै एउटा पुरानो पेशागत संगठन हो, नेपाल चिकित्सक संघ (एनएमए) ।
आफ्ना पेशागत हक– अधिकारका लागि डाक्टरहरूले बनाएको यो संगठन सात दशकभन्दा लामो यात्रामा देशका हरेक राजनीतिक आरोह–अवरोहहरूसँग ठोक्किएको छ ।

कहिलेकाहीं त राजनीतिक परिवर्तनको आन्दोलनको एउटा मुख्य हिस्सेदार पनि भइसकेको छ ।

३० औं कार्यकारिणी समितिका लागि चिकित्सकहरू चुनावी मैदानमा छन् । संघको निर्वाचनमा यतिबेला प्रजातान्त्रिक तथा प्रगतिशील विचारमा आस्था राख्ने चिकित्सक छुट्टाछुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् ।

आगामी केन्द्रीय निर्वाचनका लागि प्रगतिशील विचारधारमा आस्था राख्ने डा. मंगल रावलको नेतृत्व समूहले पूर्ण प्यानलसहित उम्मेदवारी दर्ता गरेको छ ।

डा. रावलको समूहले संघको नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको हो । अध्यक्ष पदमा डा. मंगल रावल तथा वरिष्ठ उपाध्यक्ष पदमा डा. कीर्तिपाल सुवेदी उम्मेदवार बनेका छन् ।

यसैगरी, उपाध्यक्ष तथा प्रदेश संयोजक पदहरूमा कोशी प्रदेशबाट डा. टंक बाराकोटी, मधेश प्रदेशबाट डा. उदय नारायण सिंह, बागमती प्रदेशबाट डा. अरुण शाही, लुम्बिनी प्रदेशबाट डा. सन्तोष पोखरेल, गण्डकी प्रदेशबाट डा. यज्ञराज सिग्देल, कर्णाली प्रदेशबाट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट डा. निरज अर्यालले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय पदाधिकारीतर्फ महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सहकोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन् ।

यस्तै, सदस्य पदमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेविना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

संघको निर्वाचन कार्यक्रम अनुसार काठमाडौं उपत्यका बाहिर २ र ३ माघ र काठमाडौं उपत्यकाभित्र १५, १६ र १७ माघमा मतदान हुनेछ ।

यस चिकित्सकको पेशागत हकहित तथा स्वास्थ्य क्षेत्रका मुद्दाहरूमा नयाँ नेतृत्वको चाहिने डा. रावलको समूहको भनाइ छ ।

राजनीतिक रूपमा अन्य पेशागत संगठनमा जस्तो दलीय दबदबा नदेखिए पनि संघको निर्वाचनमा आस्थाका आधारमा ठूलो संख्यामा प्रजातन्त्रवादी मतदाताको समर्थन छ ।

संघमा पूर्ण रूपमा रूपान्तरण चाहिएको भन्दै वर्तमान र विगतको नेतृत्वप्रति नेकपा एमाले निकट समूह कडा रूपमा उत्रिएको छ ।

ranechhap